मेयर शाक्यको निर्देशन काठमाडौको खुलामञ्चमा फेरि डोजर चल्यो

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । काठमाडौ महानगरपालिकाले खुलामञ्चमा फेरि डोजर चलाएको छ । केही समयअघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आइतबार फेरि डोजर चलाएर थप संरचना भत्काएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यही अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिए।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशन अनुसार नै खुला गर्ने अभियानलाई निरन्तरता दिएको जनाएका छन् । खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal