सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम परिवर्तन, नयाँ नाम जजपा

चैत्र २, काठमाडौं । सन्ध्या तिवारी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को नाम परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन परेको छ। तिवारी नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न आयोगमा सोमबार तिवारी नेतृत्वको नेकपा एमाले निवेदन दिएको हो। सर्वोच्च अदालतले नेकपा नाम विवादबारे फागुन २३ गते गरेको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्काईदिएपछि तिवारी नेतृत्वको नेकपा एमाले पार्टीले नाम परिवर्तन गर्न आयोगले पत्राचार गरेको थियो।
आयोगमा सन्ध्या तिवारीले लेखेको पत्र अनुसार आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी ९जजपा० नेपाल राख्ने निर्णय गरेको र सोही अनुसार नाम परिवर्तन गरिदिन आग्रह गरिएको हो। तिवारीको पार्टीले परिवर्तित नाम जनताको जनवादी पार्टी ९जजपा० राख्ने गरि निर्णय भएको सो पार्टीले जनाएको छ।