प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई हरायो

२०७७ चैत्र ३ गते, मंगलवार

चैत्र ३, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई १–० गोल अन्तरले हराएको छ । गएराति भएकोे खेलमा लिभरपुलका डिएगो जोटाले निर्णायक गोल गरे । यो जितपछि लिभरपुलको २९ खेलबाट ४६ अङ्क भएको छ । लिभरपुल छैठौं स्थानमा उक्लिएको छ भने शीर्ष चारको सम्भावना पनि कायमै राखेको छ । तेह्रौं स्थानमा रहेको वुल्भ्सको २९ खेलमा ३५ अङ्क छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal