सी’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

२०७७ चैत्र ३ गते, मंगलवार

चैत्र ३, काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्दैछन् । यस्तै साढे तीन बजे हुने दोस्रो खेलमा सामाजिक युवा क्लब र स्वयम्भू क्लब खेल्दैछन् । दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने छन् । आउँदो २४ गतेसम्म चल्ने लिगमा १४ टिम सहभागी छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal