बालुवाटारमा प्रधानमन्त्री ओलीको चियापान, खनाल- नेपाल पक्षका नेता नजाने

२०७७ चैत्र ३ गते, मंगलवार

चैत्र ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज चियापान कार्यक्रम आयोजना गरेका छन् । सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि ओलीले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका हुन ।
बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार गर्ने यसअघि नै जनाएको छ ।

दुई कित्तामा देखिएको एमालेमा ओलीको चियापानलाई महत्वका साथ हेरिएको छ । फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएको र चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको छ ।
पार्टीमा ओलीको स्वेच्छाचारिता बढेको भन्दै खनाल नेपाल पक्षले भोलि कार्यकर्ता भेला बोलाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal