नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकममा भने भारी गिरावट, लगानीकर्ता निरास

२०७७ चैत्र ३ गते, मंगलवार

चैत्र ३, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ५६ अंक बढेर बन्द भएको छ । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक यो दिन भने शून्य दशमलव ११ प्रतिशत सुधार भएको हो। सोमवार शून्य दशमलव ७५ प्रतिशत अर्थात् १८ दशमलव ०७ अंक घटेर २ हजार ३८९ दशमलव १९ विन्दुमा बन्द भएको नेप्से परिसूचक मंगलवार २ हजार ४०० दशमलव शून्य ५ विन्दुदेखि खुला भएको थियो ।

प्रि- ओपनिङ सेसनमा १० दशमलव ८६ अंक बढेर खुलेको बजार नियमित सेसनमा २ हजार ४१६ दशमलव ८४ विन्दुसम्म पुगेको थियो । यस दिन बजार २ हजार ३६९ दशमलव ६६ विन्दुसम्म झरेर उकालो लागे जस्तो गरेको छ। मंगलवार लामो समय निरन्तर बजार घटेपछि अन्तिम समयमा केहि अंक माथि पुगेको देखिन्छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १० प्रतिशत बढेर ४३० दशमलव ४९ विन्दुमा पुगेको छ ।

बजार सुधारिए जस्तो देखिएपनि नेप्सेमा कारोबार रकम भने कम भएको छ । यो दिन २१६ कम्पनीको ४६ हजार ५४० पटकको व्यापारमा रू ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार बराबरको ९० लाख १२ हजार ८५३ कित्ता शेयर किनबेच भएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal