जोशीका सहयोगीले भने, ‘सामाजिक सञ्जालमा हल्ला चले जस्तो केहि भएको छैन, स्वास्थ्य स्थिर छ’
२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य स्थिर रहेको छ । मष्तिष्क घात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य स्थिर रहेको उहाँका सहयोगी पुष्कर पाण्डेले बताएका छन। उनले भने ‘जोशीको उपचार भइरहेको छ, स्वास्थ्य स्थिर छ, तर बजार हल्ला जस्तो केही होइन् ।’
पाण्डेले सामाजिक सञ्जालमा आएका कुराहरुले दुखी बनाएको पनि बताए। जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा श्रदाञ्जली आइरहेको छ । तर परिवार र अस्पतालले भने जोशीको उपचार भइरहेको जनाएका छन् । जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।