पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । आज देशका केही पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कडेलले बताएका छन् ।
मौसमविद्का अनुसार आज दिउँसो पछि केही पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकासहित केही पहाडी ठाउँको मौसम अहिले पनि आंशिक बद्ली भएको मौसमविद् कडेलले बताए ।
प्रि मनसुनको समय भएकाले चट्याङ र हावाहुरीको जोखिम हुने भएकाले विशेषगरी खेतबारीमा काम गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal