नाइजरमा सशस्त्र समूहको आक्रमणबाट ५८ जना सर्वसाधारणको मृत्यु

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नाइजरका सरकारी प्रवक्ता अब्दुरेहम जाकारीयाले घटनाको पुष्टि गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन।

आक्रमणकारीहरुले गत जनवरी २ मा टिल्लेबमरीका २ गाउँमा आक्रमण गरेर कम्तिमा एक सय जना सर्वसाधारणको हत्या गरेका थिए ।
बढ्दो हिंसा पश्चिमी अफ्रिकाको सोहेल क्षेत्रमा व्यापक सुरक्षा संकटका एक हिस्सा भएको आधिकारीहरुले जनाएका छन् । यसअघिका अधिकांश आक्रमणहरु नाइजर, माली र बुर्किन फासोको सीमा नजिकै रहेको बताइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal