रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा ३–१ गोल अन्तरले इटालियन क्लब एटलान्टलाई पराजित गर्दै रियल अन्तिम आठमा प्रवेश गरेको हो।

रियलको जितमा करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गर्दा एटलान्टाका लागि लुईस मुरिएलले एक गोल फर्काएका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal