बुधबार सुनको मूल्य वृद्धि हुँदा चाँदी मूल्य घट्यो

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । दुई दिन स्थिर रहेको सुनको भाउ लगातार बुधबार वृद्धि भएको छ । बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । यसैगरी आज तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा किनबेच हुँदैछ ।

यस्तै निरन्तर दुई दिनसम्म बढोत्तरी भएको चाँदीको भाउ बुधबार भने सामान्य रुपमा गिरावट भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal