२८ गतेको निर्णय नसच्चिए पार्टी एक हुन सक्दैन : अष्टलक्ष्मी शाक्य

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले फागुन २८ गतेको भेला नसच्चिए पार्टी एक हुन नसक्ने बताएकी छिन। बुधबार ललितपुरमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शाक्यले फागुन २८ गतेको गुटको निर्णयलाई सच्याउने स्थिति बनेको खण्डमा पार्टी एक हुन सक्ने बताएकी हुन।

फागुन २८ गतेको गुटको निर्णयलाइ सच्याउने स्थिति बन्यो भने सम्भवतः हामी एकैठाउँमा बस्न सक्छौं,’उनले भनिन, ‘छलफल गर्न सक्छौं, पार्टीलाई एक ढिक्का बनाउन सक्छौं ।’ शाक्यले आफूहरुले गरेको भेला कुनै गुटले नभइ पार्टीले गरेको दाबी गरिन। ‘यो पार्टीले आयोजना गरेको भेला हो, गुटले आयोजना गरेको भेला होइन,’ उनले थपिन ‘भेलामा आफ्ना सुझाव दिनुहोला ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal