प्रधानमन्त्रीको हट्ने छाँटकाँट देखिएन, ओली सद्दाम हुसेन बन्न खोजे : भट्टराई

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट बिदाई गर्न ढिला भएको बताएका छन । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले प्रधानमन्त्री ओलीले राज्यका सम्पूर्ण अंग र स्रोतसाधानमाथि कब्जा जमाएको आरोप लगाउँदै छिटो सरकारबाट बिदाइ नगरे इतिहासले माफ नगर्ने बताएका हुन।

नेता भट्टराईले प्रधानमन्त्री ओलीमा राज्यका सबै अंग र साधन स्रोत कब्जा गरी सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपना रहेकाले लोकतन्त्र र संविधानको रक्षाका लागि ओलीलाई बिदाई गर्नुपर्नेमा जोड दिएका हुन।
नेता भट्टराईले प्रधानमन्त्री ओलीको रवैया हेर्दा आफैँ हट्ने कुनै छाँटकाँट नदेखिएको समेत उल्लेख गरेका छन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal