अमेरिकामा २१ वर्षीय युवकको अन्धाधुन्ध गोली प्रहार, ८ जनाको हत्या

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । अमेरिकाको जर्जिया राज्यको तीन ठाउँमा भएको गोली प्रहारमा ६ एसियाली महिलासहित आठ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार एट्लान्टाको उत्तरतर्फ रहेको एक मसाज पार्लरमा चार जनाको ज्यान गएको हो भने एटलान्टाको दुई स्पामा चार जनाको ज्यान गएको हो ।

घटनामा परी अरु केही व्यक्ति पनि घाइते भएका छन् । २१ वर्षीय रोबर्ट एरन लङकले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । हाल उनी प्रहरी नियन्त्रणमा छन् । यस घटनाको कारणबारे बताइएको छैन । पछिल्ला दिनमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal