ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेछन् होसियर हुनु होला : माधव नेपाल

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल(नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले साइबर स्यालहरु नेकपा हुँदा थियो भनेको त अझै पनि जिँउदै रहेछन ।

आफूहरुको भेला रोक्नका लागि साइबर स्यालहरुले नेता योगेश भट्टराईको फेक हस्ताक्षार प्रयोग गरेको उनले बताए । उनले भने,ु आज बिहान फेक सूचना जारी गरेका थिए । योगेश भट्टराईको हस्ताक्षार चोरेर फेक पत्र जारी गरेका थिए । साइबर स्यालहरु त अझै पनि जिँउदै रहेछन् । उनले ओलीका साइबार स्यालबाट होसियर हुन आग्रह गर्दै गलत सूचनाहरु अझ आउने र कुनै पनि किसिमको अलमल नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले कुनै पनि भ्रमको समाचारमा नलाग्न पनि आग्रह गरे ।

यस्तै नेता नेपालले आफूहरुको लडाईं पदको नभएर सिद्धान्त,नीति,विधि र पार्टी निर्माणको लडाइँ भएको बताए । पार्टीभित्रको वर्तमान स्थिती उत्पन्न हुनुको कारण केपी शर्मा ओली नै प्रमुख जिम्मेवार रहेको उनले आरोप लगाए ।ओलीले टिकट वितरण,नियुक्ती र कार्यविभाजन,कामको जिम्मेवारी बाँडफाँडमा समेत पूर्वाग्रह राखेको बताएका छन । ,

गुटको सुरुवात उहाँले गरेको हो, मदन भण्डारी फाउण्डेशनको नाममा,”नेता नेपालले भने, ‘ बैठक बोलाउनका लागि पनि अनुनय विनय गर्नुपर्ने अवस्था थियो । कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ र कस्तो निर्माण गर्नुपर्ने भन्ने विषय हाम्रो हो । ३ वर्षसम्म पनि पार्टीका कमिटीहरु निर्माण हुन सकेनन् । यो सबै ओलीको पूर्वाग्रह राखिएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal