कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको घोषणा

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको गरेको हो। बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए । बैठकमाअनुपस्थित सांसद्लाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तो कर्णाली प्रदेशको गणित
कर्णाली प्रदेशको कुल ४० सांसदमध्ये एमालेका २० सांसद छन् । जसमध्ये एक जना सभामुख छन । यो प्रदेशमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् । उनको पार्टीले १३ सिट पाएको छ भने कांग्रेसले ६ र राप्रपाका एक सांसद छन् । शाहीलाई पद टिकाउन एमालेको साथ नभई हुँदैन । कर्णालीमा एमाले बिनाको सरकार नै बन्न नसक्ने अवस्था रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal