४० अंकले बढ्यो नेप्से, कारोबार रकम बढ्न सेकेन, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।
नेप्से सूचक बढेपनि कारोबार रकम बढ्न नसक्दा लगानीकर्ताहरु अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेको देखिन्छ।

बुधबार ११२ वटा कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँमा खरिद बिक्री भएको छ।बुधबार छ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मर्दि हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal