प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । दलका मुख्य सचेतक विशाल भट्टराईले दिएको जानकारी अनुसार बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भट्टराईले बताए ।
बैठकमा समसायिक परिस्थिति, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे छलफल हुने बताईएको छ । एमाले पार्टीभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको बेलामा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal