च्याम्पियन्स लिगमा चेल्सी र बायर्न म्युनिख क्वार्टरफाइनलमा प्रवेश

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जिताउन जीएचले ३४ औँ मिनेटमा र एमर्सनले अतिरिक्त समयमा गोल गरेका हुन् ।

यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई २–१ गोलले पराजित गरेको छ । पहिलो लेग ४–१ गोल अन्तरले जितेको बार्यन जितसँगै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । यसअघि रियल मड्रिड र म्यानचेस्टर सिटी पनि क्वार्टरफाइनलमा पुगिसकेको छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal