सप्तरीमा ग्यास लिक भएर आगलागी : ४ घर नष्ट, एक जना घाइते

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ मा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् । आगोले पोलेर एक जना गम्भीर घाइते भएका छन् । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७५ लाखभन्दा धेरैको धनमाल जलेर नष्ट भएको वडाअध्यक्ष राजेन्द्र साहले बताए । उनका अनुसार हरिकिशुन खङ्गको घरबाट आगो सुरु भएको हो । आगोमा परेर गम्भीर घाइते भएका हरिकिशुनको उपचारका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal