नेपाली कांग्रेसका पुराना नेता अशोक कोइरालाको निधन

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अशोक कोइरालाको निधन भएको छ । कोइरालाको विराटनरको न्यूरो अस्पतालमा बुधबार राति निधन भएको हो । निमोनियाबाट पीडित ७७ वर्षीय कोइरालाको उपचारकै क्रममा निधन भएकोे हो । कोइराला हाल कांग्रेस महासमिति सदस्य थिए।

पूर्वप्रधानमन्त्री तथा सभापति स्व. सुशिल कोइरालाका सहोदर भाई कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक थिए। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका अध्यक्ष हुँदा कोइराला उपाध्यक्ष थिए । कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति भएका थिए । उनी प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर समेत भएका थिए । कोइराला राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भएका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal