तान्जानियाका राष्ट्रपति मागुफुलीको निधन, कोरोनाका आशंका

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ । ६१ वर्षका राष्ट्रपति जोनको हिजो अस्पतालमा निधन भएको हो । मुटुसम्बन्धी समस्याका कारण मागुफुली पछिल्लो दुई हप्ताभन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिएका थिएनन। मागुफुलीलाई पछिल्लो पटक फेब्रुअरी २७ मा सार्वजनिक रुपमा देखिएको थियो । तर पछिल्लो सातामात्र प्रधानमन्त्री कासिम माजाविबाले राष्ट्रपति स्वस्थ र कडा मिहिनेत गरिरहेको दावी गरेका थिए । उनले विदेशमा रहेका घृणित तान्जानियाली नागरिकले राष्ट्रपतिको स्वास्थ्यबारे अनावश्यक हल्ला फैलाइरहेको आरोपसमेत लगाएका थिए ।

गएको हप्ता विपक्षी दलका नेताले उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भएको बताएका थिए । तर, तर यसको आधिकारिक पुष्टि भने भएको छैन । राष्ट्रपति मागुफुलीको निधनपछि ताञ्जनियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । ताञ्जनियाको संविधानअनुसार अब उपराष्ट्रपति हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिने छन । राष्ट्रपति मागुफुलीले गएको जुनमा ताञ्जनियालाई कोरोनामुक्त घोषणा गरेका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal