सिभिल लघुवित्तको साधारण सभा आज, लाभांश पारित गरिने

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज (बिहिबार) हुने भएको छ । संस्थाको फागुन ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको नवौँ वार्षिक साधारण सभा आज बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे हुने भएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेको हो । त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २० गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal