रोएपछि मन्त्रीमा पठाएँ, महँगोमा बिक्री भए, ती सबै लालगद्दार हुन : प्रचण्ड

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापालाई लालगद्दार भनेका छन।
सिन्धुलीमा भएको कार्यक्रममा आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका पूर्वसहकर्मीहरुप्रति आक्रोश व्यक्त गर्दै दाहालले वर्तमान गृहमन्त्री थापालाई गद्दारको संज्ञा दिएका हुन।

सिद्धिसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएकोमा आत्मालोचित बन्दै दाहालले भने, ‘ पार्टीमा पनि फटाहालाई बढी विश्वास गरीएछ। मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पु¥याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महँगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्दारलाई लौ गृहमन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal