बिहीवार पनि बढ्यो सुनचाँदीको मूल्य

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू ३०० ले बढेको सुनको भाउ बिहीवार पनि सोही अंकले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू ८७ हजार २०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ८६ हजार ९०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू ३०० ले बढेको हो ।


त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ८६ हजार ७५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू ८६ हजार ४५० मा कारोबार भएको थियो । यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू एक हजार २७० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू एक हजार २९० खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू २० ले बढेको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal