ललितपुरमा आगलागी, एक वृद्धाको जलेर मृत्यु

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal