नेपाली कांग्रेसको नेतृत्वमा छिट्टै सरकार गठन हुन्छ : महामन्त्री कोइराला

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री ड.। शंशाक कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै महामन्त्री कोइरालाले कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बन्ने बताएका हुन् ।

उनले अहिले विपक्षमा रहेका दलहरुबीच भावी सत्ता गठबन्धनका बारेमा सकरात्मक छलफल भइरहेको बताए । ‘हामी छलफलमै छौं । एक हप्ताभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछौं’, कोइरालाले भने । फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनका लागि कामहरु भइरहेको र अब महाधिवेशन नसर्नेमा ढुक्क हुन आग्रह समेत गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal