फर्जी कागजात बनाई ठेक्का हात पारेको आरोपमा ठेकेदार रवीन्द्र महर्जन पक्राउ

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं ।फर्जी कागजात बनाई ठेक्का हात पारेको आरोपमा ठेकेदार रवीन्द्र महर्जन पक्राउ कीर्ते कागजात बनाएर ठेक्का हात पारेको आरोपमा ठेकेदार रवीन्द्र महर्जन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले महर्जनलाई बुधबार साँझ ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । उनलाई ब्युरोको हिरासतमा राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पछि सीआईबीले महर्जनलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । देशका विभिन्न ठाउँ भएका विभिन्न बोलपत्रमा योग्यता नपुग्दा नपुग्दा फर्जी कागजात पेस गरी उनले ठेक्का हात पारेको आरोप छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal