एमाले संसदीय दल बोर्ड गठन, को को भए सदस्य ?

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ । बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो । सांसद महेश बस्नेतका अनुसार तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको छ । बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपालसहित उक्त समूहका सांसदहरूलाई पनि मनोनीत गरिएको छ । त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरीएको छ । प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् ।

एमाले संसदीय बोर्ड सदस्यहरू
केपी शर्मा ओली
झलनाथ खनाल
माधवकुमार नेपाल
सुवास नेम्वाङ
शेरबहादुर तामाङ
रघुवीर महासेठ
भुपेन्द्र थापा
खेम लोहनी
सरिता दाहाल
विमला विक
राधा ज्ञवाली
बिन्दा पाण्डे
विशाल भट्टराई
सुमन प्याकुरेल
शान्ता चौधरी
विमला राई पौडेल
राजेन्द्र राई
मोहन बानियाँ
नारदमुनि राना
विद्या भट्टराई
दामोदर भण्डारी
रेखा झा
छविलाल विश्वकर्मा
खिमलाल भट्टराई

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal