नेप्से ४२.९५ अंकले बढ्यो, ४ अर्ब बढिको कारोबार, ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) ४२.९५ अंकले बृद्धि भएको छ । बुधबार पनि नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार आज नेप्से ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक बढेको छ। आज ४ अर्ब ६६ करोड १७ लाख बराबरको कारोबार भएको छ । यस दिन नेप्सेसँगै भोल्यूममा पनि केही सुधार भएको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटनको परिसूचक सर्वाधिक ४.१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.०६ प्रतिशत घटेको छ।

आज कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेका छन् भने अन्य दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै जोशी हाईड्रोपावरका लागानीकर्ताले ६ दशमलव ८५ प्रतिशतले गुमाएका छन् भने आखुँ खोला जलविधुत् कम्पनीका लगानीकर्ताले ६ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal