विषादी परिक्षण गर्ने उपकरण खरिद नगरी बजेट फ्रिज गर्ने खेल

२०७७ चैत्र ६ गते, शुक्रबार

चैत्र ६, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तरकारी तथा फलफुलमा विषादीको परिक्षण गर्ने मेशिनरी उपकरण खरिद नगरी बजेट फ्रिज गर्ने खेलमा लागेको छ । विभागको चालु आर्थिक कार्यक्रम अनुसार दोस्रो चौमासिक सम्ममा विषादी परिक्षण गर्ने आरविपिआर खरिद गरी भन्सार नाकामा रहेका कार्यालयहरुमा सञ्चालनका लागि उपकरणहरु पठाइ सक्नु पर्ने थियो । तर, विभाग उपकरण खरिद नगरी उल्टै कार्यक्रम नै परिवर्तन गर्ने खेलमा लागेको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक सक्कि सक्दा विभाग विषादी परिक्षण गर्ने उपकरण खरिद नगरी विभिन्न बाहाना बनाएर बजेट फ्रिज गर्ने खेलमा लागेको एक अधिकारीले जानकारी दिए । उनले सरकारले विभागलाई उपकरण खरिद गर्न प्रप्यात बजेट उपलब्ध गरेको बताए छ । कार्यक्रम अनुसार काम गर्न छोडेर विभिन्न बाहाना बनाएर उपकरण खरिद गरी भन्सार नाकामा पठाउने कार्यलाई बेवस्ता गर्दै आएको ति अधिकारीको भनाई छ । सरकारले आयातीत तरकारी तथा फलफुलको जीवनाशक विषादी अवशेषको मात्रा सम्बन्धि कानुन समेत ल्याइसकेको छ । उनले भने,‘कानुन कार्यन्वयन गर्नका लागि भन्सार कार्यालयमा आरविपिआर प्रविधि हुनु पर्छ । त्यो नहुँदा कानुनलाई कार्यन्वयन गर्न समेत समस्या भएको उनको भनाइ छ ।’

विभागले चालु आर्थिक वर्षमा विभिन्न मेशिनरी उपकरण खरिद गर्ने र विभिन्न तरकारी तथा फुलफुलको नमुना संकलन गरी विषादी परिक्षण गर्न करिब १७ करोड ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ । विभागका अनुसार चालु आर्थिक वर्षमा विभिन्न कार्यालयका लागि ४५ वटा स्याम्प्लिङ तथा निरीक्षण टुल्स खरिद गर्न १ करोड ३५ लाख बेजट छुट्याएको छ । यसैगरी खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जनकपुरको प्रयोगशालाका विभिन्न उपकरण खरिद गर्न ३ करोड रुपैयाँ, जिसिएमएसका लािग एक्स्ट्रयाक्शन उपकरण खरिद २ करोड ४० लाख रुपैयाँ छुट्याएको छ ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुको लागि आरबीपिआर १५ वटा खरिद गर्न ३ करोड ७५ लाख रुपैयाँ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, हेटौडा र भैरहवाका लागि जिसिएमएस ३ वटा खरिद गर्न ५ करोड ४० लाख २५ हजार रुपैयाँ बजेट गरेको छ । यस्तै मोबाइल प्रयोगशाला भ्यानको लागि संलग्न शेड् निर्माण गर्न २० लाख, पिसिआर ल्याब सेटअप तथा प्रयोगशाला रिफर्विसिङ १५ लाख २५ हजार, आएबिपिआर किट रियजेन्ट २ सय १ वटा खरिदका लागि २ करोड ५१ लाख १२ हजार रुपैयाँ छुट्याएको छ ।

आरबिपिआर प्रयोग गरी तरकारी फलफुलको विषादी अबशेष परिक्षण गर्ने विभागको कार्यक्रम रहेको थियो । विभागले तरकारी तथा फलफुल आयात हुने नाकामा अवस्थित खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण प्रमाणीकरण कार्यालय काकरभिट्टा, विराटनगर, जलेश्वर, विरगंज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज,धनगढी, गड्डाचौकी, रसुवागढी र तातोपानी नाकाबाट आयात हुने तरकारी तथा फलफुलका नमुना र अन्तरराष्ट्रिय विमानस्थल कार्यालयबाट आयात हुने फलफुलको करिब १७ हजार ३ सय ५० वटा नमुना परिक्षण गर्ने लक्ष्य लिएको छ । विभागका अधिकारीका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासीक विति सक्दा पनि विभागका कार्य प्रगति शुल्य छ ।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले विषादी परिक्षण गर्ने तीन वटा जिसिएमएस मेशिनरी उपकारण र आरबिपिआर लगायतका उपकारण खरिद कार्यक्रम रहेको थियो तर अहिले सम्म खरिदका लागि काम अघि बढेको बताए । उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, हेटौडा र भैरहवाका लागि तीन वटा सिसिएमएस विषादी परिक्षण गर्ने प्रविधि खरिद गर्ने विभागको कार्यक्रम रहेको बताए । उनले प्रविधि खरिद गर्न विभागले बजेट समेत विनियोजन गरेको बताए । भन्सार नाकाबाट विषादी भएका तरकारी तथा फलफुल स्वादेशमा भित्रि नदिइने उद्देश्यले सो कार्यक्रम ल्याएको हो ।

विभिन्न नाकाबाट भित्रिने तरकारी तथा फलफुलको विषादी परिक्षण गर्ने उपकरण खरिदका लागि चालु आर्थिक वर्षको कार्यक्रम छ, ‘प्रवक्ता महर्जनले भने,‘ तर खरिद गर्ने प्रक्रिया अघि बढेको छैन । चालु आर्थिक वर्षको कार्यक्रम तयार गरे अनुसार उपकरण खरिद गर्न ढिलाइ भने भएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सक्कि सकेको छ । के कारणले ढिलाई भएको हो छ त्यो बारेमा आफुलाई समेत जानकारी नभएको प्रवक्ता महर्जनले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal