मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

२०७७ चैत्र ६ गते, शुक्रबार

चैत्र ६, काठमाडौं । आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकोले दिउँसो पनि काठमाण्डौका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै, अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र हल्का पानी पर्ने सम्भावना छ । आज देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि महाशाखाले जनाएको छ। यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal