आज संसद बैठक बस्दै, महत्वपूर्ण बिजनेस छैन

२०७७ चैत्र ६ गते, शुक्रबार

चैत्र ६, काठमाडौं । आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यक्रमको सूचीअनुसार आजको बैठकमा पनि महत्वपूर्ण बिजनेस छैन । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन(२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।
यसबाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत हुने कार्यक्रममात्रै रहेको संसद सचिवालयले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal