वडाध्यक्ष महिलासँग शङ्कास्पद अवस्थामा होटलबाट पक्राउ

२०७७ चैत्र ६ गते, शुक्रबार

चैत्र ६, बैतडी । दोगडाकेदार गाउँपालिका(७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पद अवस्थामा भेटिएका छन् ।शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal