अमेरिका र रुसबीच भइरहेको वाकयुद्ध सर्वत्र आलोचना

२०७७ चैत्र ७ गते, शनिबार

चैत्र ७, काठमाडौं । अमेरिका र रुसबीच भइरहेको वाकयुद्ध सर्वत्र आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई हत्याराको आरोप लगाए पछि बाइडेनको आलोचना सुरु भएको हो । टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले पुटिनविरुद्ध अमेरिकाले लगाएको आरोप तथ्यहिन भएको टिप्पणी गरेका छन् । उनले राष्ट्रपति बाइडेनको स्वास्थ्यलाभको कामना गरेको अलजजिरामा उल्लेख छ । राष्ट्रपति पुटिनले आफू अमेरिकासँग खुला रुपमा वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो निर्देशनमा विपक्षी दलका नेता नवाल्नीको हत्याको प्रयास गरेको भन्ने आरापको अस्वीकार समेत गरेका हुन् ।

बाइडेनले सन् २०२० मा एउटा टेलिभिजन अन्र्तवार्तामा अमेरिकी निर्वाचनमा रुसले गरेको हस्तक्षेपको पुटिनले मूल्य चुकाउनुपर्ने प्रतिक्रिया दिएका थिए । त्यसलगत्तै रुसले अमेरिकासँग अपरिवर्तनीय क्षति हुन नदिने भन्दै वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो। पुटिनमाथि विपक्षी नेता अलेक्स नवाल्नी र अन्य प्रतिद्वन्द्वी नेताहरुमाथि अमानविय व्यवहार गरेको बाइडेनको आरोप छ । यता अमेरिकाले पनि पछिल्लो परिस्थितका बारेमा परामर्श गर्ने भन्दै रुसमा रहेका आफ्ना राजदूतर्लाइ फिर्ता बोलाएको समाचारमा जनाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal