आज ‘भरनल इक्वेनक्स’ अर्थात दिन र रात बराबरी

२०७७ चैत्र ७ गते, शनिबार

चैत्र ७, काठमाडौं । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्न आउने भएकाले आज दिन र रात बराबरी हुने भएको छ । आजको दिनलाई अंग्रेजीमा ‘भरनल इक्वेनक्स’ भनिन्छ ।
ज्योतिष हरीहर आचार्यका अनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनहरु मध्ये एक मेष विषुवत् दिन हो। आज ध्रुव वाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलीबाट उत्तरी गोलार्धमा रात भन्दा दिन लामो र दक्षिणी गोलार्धमा दिन भन्दा रात लामो हुन थाल्छ ।

सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरुमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal