एमाले संसदीय दलको बैठक सुरु : वामदेव गौतम सहभागी, नेपाल समूह अनुपस्थित

२०७७ चैत्र ७ गते, शनिबार

चैत्र ७, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १० बजेदेखि बैठक सुरु भएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन् । 

पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । पार्टीका माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ । 

नेपाल पक्षले फागुन २८ गतेको निर्णय नसच्चिएसम्म बैठकमा सहभागी हुन नसक्ने अडान लिँदै आएको छ । फागुन २८ मा ओलीले जिम्मेवारी हेरफेर गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको पद खारेज गरिदिएका थिए । 

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal