नेपाली कांग्रेसमा पौडेल पक्षको अलग्गै छलफलमा

२०७७ चैत्र ८ गते, आईतवार

चैत्र ८, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरुसँग आफ्नै निवास बोहोराटारमा परामर्श गरेका छन।
पौडेल निवास बोहोराटारमा कांग्रेस महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेताहरुबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको हो ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पनि नयाँ सरकार बनाउन नसकिएको, संसदको बैठक पनि प्रभावकारी नभएको, वर्तमानमा कांग्रेसको भूमिकालगायत विषयमा नेताहरुबीच छलफल भएको हो । बैठकमा पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पनि कसरी अगाडी बढ्ने भन्नेमा पनि नेताहरुबीच छलफल भएको बताइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal