अर्घाखाँचीको चुत्राबेशी जनज्योति मावि नजीकै जिप दुर्घटना, ७ जना घाइते

२०७७ चैत्र ८ गते, आईतवार

चैत्र ८, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा डबल क्याव बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप चुत्राबेशीको जनज्योति उच्च मावि नजीकै दुर्घटना भएको हो ।

दुर्घटनामा एक चालक र ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । जिप सडकबाट २५ मिटर तल खसेको प्रहरीको भनाई छ । घाइते केहीको सन्धि खर्कमा उपचार भइरहको छ भने केहीलाई बुटवल ल्याइँदै गरिएको प्रहरीले जानकारी दिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal