दाङ तुलसीपुरको ज्ञानज्योति कलेजको बस दुर्घटना, एकको मृत्यु, १५ घाइते

२०७७ चैत्र १० गते, मंगलवार

चैत्र १०, दाङ । तुलसीपुरको ज्ञानज्योति कलेजको बस दुर्घटना भएको छ । दाङको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस ब्रेक फेल भई सरैयामा दुर्घटना भएको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal