सत्ता समिकरणबारे छलफल गर्न जसपाका नेताहरु बालुवाटारमा

२०७७ चैत्र १० गते, मंगलवार

चैत्र १०, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन् । सत्तासमिकरणबारे छलफल गर्न महन्थ ठाकुरलगायत नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका हुन् । ठाकुरसँगैं जसपाका सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण पनि बालुवाटार पुगेका छन् । यसअघि गत सोमबार पनि ओली र जसपाका नेताहरुबीच भेट भएको बताइएको छ ।

जसपामा सरकारमा जाने र नजानेबीच दुई धार देखिएको छ । ठाकुर र राजेन्द्र महत्तोलगायतका नेता सरकारमा जाने पक्षमा देखिएका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराइलगायत नेताहरु सरकारमा जान नहुने पक्षमा उभिएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal