सर्वोच्चको आदेशविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

२०७७ चैत्र १० गते, मंगलवार

चैत्र १०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निक भएको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले बताए।

अदालतले फैसला गरेको ६० दिनभित्र पुनरावलोकन जान सकिने कानुनी प्रावधान छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्यूँताउने फैसला गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal