कांग्रेस सरकारमा जाँदैन, प्रतिपक्षकै भूमिका निभाउँछ : देउवा

२०७७ चैत्र १० गते, मंगलवार

चैत्र १०, मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले कांग्रेसले सरकारमा जान हतार नगरेको भन्दै प्रतिपक्षकै भूमिकामा रहने बताएका हुन् ।

‘कांग्रेस नेतृत्वको सरकार बनाउन हामी मरिमेटेका छैनौँ’ देउवाले भने ‘हामी विपक्षी पार्टी हौँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ।’ सभापति देउवाले कांग्रेस अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको पनि बताए। ‘अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन’ देउवाले भने ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal