४० वर्ष भारतमा जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता, नाता प्रमाणिकरण पनि बनाइयो

२०७७ चैत्र १२ गते, बिहीबार

चैत्र १२, काठमाडौं । चार दशकसम्म भारतीय जेलमा रहेर हालै घर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना उल्लेख छ ।

माई नगरपालिका वडा नम्बर १० को सिफारिस पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसाद तिम्सिनाको नाममा नागरिकता प्रमाणपत्र प्रदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले रातोपाटीलाई बताए गरीएका हो । नागरिकतामा उनको जन्मस्थान एकतप्पा गाविस, बाबुको नाम चम्फाखर तिम्सिना र आमा धनमाया तिम्सिना उल्लेख छ । दुर्गाप्रसाद भारतीय जेलमा दीपक जैसीका नामबाट चार दशकसम्म बन्दी बनेका थिए ।

योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ । उच्च अदालत कोलकाताले तिम्सिनको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal