चैत १५ गते राष्ट्रपति भण्डारीले सार्वजनिक धारा खोलेर मेलम्ची खानेपानी विधिवत उद्घाटन गर्ने

२०७७ चैत्र १२ गते, बिहीबार

चैत्र १२, काठमाडौं । बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पाटनर्सले सिन्धुपाल्चोकको मेलम्ची खोलालाई काठमाडौं उपत्यकाको पानीको स्रोतका रूपमा पहिचान गरेको ३२ वर्ष बितेको छ । पानी राजधानी लैजाने योजनासहित विकास समिति गठन गरेर आयोजनाको समग्र भौतिक निर्माणको काम सुरु भएको पनि २० वर्ष नाघिसक्यो । सुरुङ बनाउन थालेको १२ वर्ष भयो । यस अवधिमा हरेक दलका सरकारले राजधानीवासीले मेलम्चीको पानी छिट्टै पिउन पाउने उद्घोष गर्दै आए । यस अवधिमा कांग्रेस, कम्युनिस्ट र राजाको सरकारसमेतले मेलम्चीलाई आफ्नो राजनीतिक मुद्दा बनाए । तर मेलम्चीको पानी ओली सरकारको पालामा आउने भएको छ ।

मेलम्चीबाट काठमाडौं ल्याइएको खानेपानीको चैत १५ गते विधिवत रुपमा उद्घाटन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानीको सार्वजनिक धारा खोलेर खानेपानीको विधिवत उद्घाटन गर्न लागेकी हुन् । उद्घाटनका लागि खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० र सम्बद्ध निकायहरुले तयारी गरिएको प्रधानमन्त्री केपी ओलीले बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal