नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ, ५ सय र हजारका नक्कली नोट बरामद

२०७७ चैत्र १२ गते, बिहीबार

चैत्र १२, काठमाडौं । ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले रौतहट घर भएका गनबहादुर लोप्चन ‘राजु’ र निता तामाङ ‘माया’ लाई पक्राउ गरेको हो । नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरी पक्राउ गरेको हो । पक्राउ पछि खानतलासी गर्दा उनीहरुबाट कलंकीमा ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो ।

प्क्राउ पछि उनीहरुको डेरा पनी छापा मारिएको थियो । कीर्तिपुरस्थित उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको छ । डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal