सेप्टेम्बरदेखि नेपालमा इ-पासपोर्ट, अत्यावश्यक नपरी अहिले एमआरपी नबनाउनू नवीकरण नगर्नु : विभाग

चैत्र १२, काठमाडौं । सेप्टेम्बरदेखि नेपालीका हातमा इ-पासपोर्ट, अत्यावश्यक नपरी अहिले नवीकरण नगर्नु नबनाउनू विभाग सेप्टेम्बरदेखि सरकारले इ(पासपोर्ट दिने भएको छ। राहदानी विभागले इ-पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न भनेको छ।
विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार इ-पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ।उनका अनुसार इ(पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ। उसले त्रिपुरेश्वरमा मेसिन राखेर पासपोर्ट छाप्ने छ। ‘यो कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको छ,’ प्रवक्ता पाण्डेले भने।
नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने उनले बताए। अहिले संसारका १२० मुलुकले इ-पासपोर्ट जारी गरिसकेका छन्। सेवाग्राहीले इ-पासपोर्ट बनाउँदा एमआरपी बनाउँदा जतिकै शुल्क तिरे पुग्ने पाण्डेले बताए।