आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७७ चैत्र १२ गते, बिहीबार

चैत्र १२, काठमाडौं । आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापामा एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–१ धरमपुरको ढकाल चोकमा मे १० प ३५६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा बिहीबार बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal