टाउको काटिएको अवस्थामा ३० वर्षीय युवकको शव फेला

२०७७ चैत्र १२ गते, बिहीबार

चैत्र १२, काठमाडौं । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो ।
रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal