काम गर्न नसक्नेले फेसबुक र पत्रिका ठूल्ठूला कुरा गर्छन : कृषिमन्त्री अर्याल

चैत्र १२, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले विज्ञहरूले ठूल्ठूला कुरा गर्ने र व्यवहारमा लागू नगर्नाले कृषि क्षेत्र माथि उठ्न नसकेको बताएकी छिन् । बिहीबार कृषि मन्त्रालय नेपाललाई ुपशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरु भएको घोषणा कार्यक्रममा मन्त्री अर्यालले महत्त्वपूर्ण ठाउँमा काम गर्न नसक्नेले नै बाहिर आएपछि फेसबुक र पत्रिकामा ठूला कुरा गरेको बताएकी हुन् । उनले भनिन्, ‘केही केही साथीहरू देख्छु, हिजो महत्त्वपूर्ण ठाउँमा हुँदा गर्न नसक्ने बाहिर निस्किएपछि फेसबुक र पत्रिका ठूल्ठूला आदर्शका कुरा सिकाउने ।’
साथै मन्त्री अर्यालले जागिरे मानसिकताबाट माथि उठेर काम गर्न पनि कर्मचारीहररूलाई निर्देशन दिएकी छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली भिजन भएको नेता भएकाले अगाडि बढ्न सजिलो भएको पनि दाबी गरिन् ।त्यस्तै अर्यालले नेपालको ठूलो जनसंख्या कृषिमै आधारित भएकाले अलमल नगरी अगाडि बढ्न पर्ने पनि बताएकी छिन् ।